२०८३ भाद्र २९ सोमबार

कर्णाली डेभलपमेन्ट बैंकले ८ शाखामार्फत ५ हजारका दरले निक्षेप फिर्ता गर्दै

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०८१
6.6K
Shares
कर्णाली डेभलपमेन्ट बैंकले ८ शाखामार्फत ५ हजारका दरले निक्षेप फिर्ता गर्दै

प्रति शाखा अधिकतम् ५० जना सम्मलाई भुक्तानी

ई-आर्थिक, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आज आइतबारबाट ५ हजारका दरले निक्षेप फिर्ता गर्न थालेको छ ।  बैंकले ८ शाखामार्फत निक्षेप फिर्ता गर्ने भएको हो । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले  समस्याग्रस्त घोषणापछि  नियन्त्रणमा लिदै वित्तिय व्यवस्थापन गर्दै आएको छ ।

बैंकलका आफ्ना विभिन्न ८ शाखामार्फत अधिकतम ५० जनासम्मलाई ५ हजारका दरले निक्षेप फिर्ता गरिने छ । भुक्तानी सुरु हुने समय बिहान ११:०० बजे देखि हुनेछ ।

बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता प्रदान गर्ने गरी वितरण गरिने बैंकले बताएको छ । निक्षेपकर्ताहरलाई  अधिकतम रु. ५,०००- को सीमा भित्र रही प्रति शाखा अधिकतम् ५० जना सम्मलाई निक्षेप भुक्तानी गरिने नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका निमित्त संयोजक  जुगल किशोर कुशवाहाले बताए ।

हाल संस्थामा Due Diligence Audit (DDA) आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्य जारी रहेको र कर्जा असुल उपर गरी तरलता व्यवस्थापनको कार्य समेत नरहेको हुँदा सो कार्य सम्पन्न भए पश्चात संस्थामा उपलब्ध हुने तरलताको आधारमा निक्षेप मुक्तानी सम्बन्धिकार्यलाई थप प्रभावकारी बनाईने व्यहोरा अनुरोध गर्दै ग्राहकवर्गबाट सकारात्मक सहयोगक अपेक्षा राखेको कुशवाहले बताए ।

एक पटक भुक्तानी प्राप्त गर्नु हुने ग्राहकले ७ दिन वा डीको अन्तरालमा मात्र पुनः भुक्तानी पाउनु हुने जानकारी सूचनामा उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij