२०८३ साउन ९ शनिबार

सरकारी अस्पतालमालाई स्वास्थ्य बिमाको औषधि छैन भन्ने छुट छैन : मन्त्री पौडेल

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०८१
7.4K
Shares
सरकारी अस्पतालमालाई स्वास्थ्य बिमाको औषधि छैन भन्ने छुट छैन : मन्त्री पौडेल

ई–आर्थिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन्।

अब पनि औषधि छैन भन्नु गैरकानुनी हो भन्दै उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन्। सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे।

मन्त्री पौडेलले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको भनाइ राखे। त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ।

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनले बताए। जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij