२०८३ असोज ४ आइतबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३८ औं साधारणसभा सम्पन्न, अध्यक्ष पाँडे सहित चार संस्थापक निर्विरोध

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०८१
8.3K
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको  ३८ औं साधारणसभा सम्पन्न, अध्यक्ष पाँडे सहित चार संस्थापक निर्विरोध

ई-आर्थिक, काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा  बैंकको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रूपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रूपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

बैंकले एनपिए बिक्री गरेर भए पनि आगामी वर्ष लाभांश दिने प्रयत्न गर्ने अध्यक्ष  पृथ्वी बहादुर पाँडेले बताए । उनले बैंक उच्च व्यवस्थापनलाई १० अर्बको एनपिए मध्ये ५० प्रतिशत भए पनि बिक्री गरेर सक्न निर्देशन दिएका छन् ।

उनले सभालाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकका लागि अहोरात्र काम गरिरहेको भन्दै अहिलेको अवस्था बैंकको बस भन्दा बाहिर रहेको हुँदा देखिने गरी उपलब्धीहरु हासिल गर्न नसकिएको बताएका छन् ।

अध्यक्ष पाँडे सहित चार संस्थापक निर्विरोध

फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको  निर्वाचनमा संस्थापक समूहतर्फबाट पृथ्वीबहादुर पाँडे अध्यक्षमा दोहोरिएका छन्।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सर्वसाधारण शेयरधनी समूह तर्फको भएको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेलबासे निर्वाचित भएका छन् ।

फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीचमा निर्वाचन भएको थियो ।

संस्थापक समूह तर्फबाट पनि पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यको उम्मेदवारी  दिएका थिए।

पर्वत कुमार कार्की, सूर्य प्रकाश लाल श्रेष्ठ र किरण प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिए सँगै पृथ्वी बहादुर पाँडे (छाँया इन्भेषेटमेन्ट प्रा.लि), दिपंकर शाक्य विनय, प्रजन्य राज भण्डारी (के.यु.पि इन्भेष्टमेन्ट प्रालि) र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको ३७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्वाचन गराउन खोज्दा अदालतमा मुद्दा परेको थियो ।

जसले गर्दा एक वर्षसम्म निर्वाचन हुन नसके पनि जसले मुद्दा हालेका थिए उनैले पछि मुद्दा फिर्ता पनि लिएका थिए  ।

यस सँगै साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक बीचको मर्जर पछि बनेको नेपाल इन्भेष्टमेण्ट बैंकले निर्वाचित सञ्चालक प्राप्त गरेको छ ।

हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्स्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।

गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन- युरोमनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गर्न सफल भएको जनाएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश, नवीनतम बैंकिङ सेवाहरू प्रदान

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij