ई-आर्थिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले आगामी फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ । बैंकले ऋणपत्रको अविधी १० वर्षकायम गरेको छ । उक्त अवधिमा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा पाइने छ । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको बैंकले जानकारी दियो ।
कुल ३० लाख कित्ता ऋणपत्रको मूल्य ३ अर्ब रुपैयाँ राखिएको छ। यसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यक्तिगत लगानीकर्ताहरूको लागि र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ। सर्वसाधारणका लागि बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ।
ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट आवेदन दिनसकिनेछ भने अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । निष्काशनको अन्तिम मिति फागुन २१ गते देखि चैत ३ गते सम्म बैंकले जनाकारी दियो ।
ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।