२०८३ साउन १० आइतबार

सिटिजन्स बैंकको १९९औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालित

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०८१
3.9K
Shares
सिटिजन्स बैंकको  १९९औँ शाखा  ललितपुरको हरिसिद्धीमा सञ्चालित

ई-आर्थिक, ललितपुर  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ। हरिसिद्धीमा आज आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे।

कार्यक्रममा अध्यक्ष पाण्डले ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याउँदै उनीहरुको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको बताए। उनले यस नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकमाझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई शुभकामना समेत व्यक्त गरे।

यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरु र बागमती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन्।

सुविधासम्पन्न यो नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ। डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुल्कमा ५० प्रतिशित छुट उपलब्ध रहेको छ।

बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९९ वटा शाखा, १ सय ६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij