ई-आर्थिक, काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ खराबर राजस्व सङ्कलन भएको हो । गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सो अवधिमा तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको हो । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो ।
काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले रु ३३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ ।
यस्तै, डिल्लीबजार मालपोत कार्यालयले रु २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट रु २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व १४ प्रतिशतले वृद्धि भएको थियो । वृद्धि भएसँगै झन्डै चार अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ तर कारोबार सङ्ख्या भने घटेको छ ।
विभागका अनुसार चालु आवको माघसम्म दुई लाख ७८ हजार २७८ रुपियाँ लिखत पारित भएका छन् । गत वर्ष सो अवधिमा दुई लाख ७८ हजार ९२५ रुपियाँ लिखत पारित भएका थिए ।
यस्तै माघ महिनामा मात्र ४६ हजार ६९ रुपियाँ मात्रै लिखत पारित भएका छन् । गत आवको माघमा ५० हजार ९२१ रुपियाँ लिखत पारित भएको तथ्याङ्क छ । घरजग्गाको कारोबारमा हुने लिखत पारित भने कमी आएको तथ्याङ्कले देखाएको छ ।
सात महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन ललितपुरको लगनखेल मालपोत कार्यालयले गरेको छ । सो कार्यालयबाट माघमा ३३ करोड ७४ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै काठमाडौँको डिल्ली बजार मालपोत कार्यालयबाट २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट २६ करोड एक लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै भक्तपुर मालपोत कार्यालयबाट २४ करोड ४२ लाख, काठमाडौँको चाबहिल मालपोत कार्यालयबाट २० करोड ८० लाख, कास्की मालपोत कार्यालयबाट १४ करोड ७६ लाख, चितवन मालपोत कार्यालयबाट १३ करोड ६० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।
माघमा भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै एक हजार ७०४ रुपियाँ लिखत पारित भएका छन् । त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट एक हजार ५७० रुपियाँ लिखत पारित हुँदा भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट एक हजार ५०३ रुपियाँ लिखत पारित भएका छन् ।
त्यस्तै मालपोत कार्यालय बेलबारी, मोरङबाट एक हजार ५०१, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट एक हजार २१८, भूमिसुधार तथा मालपोत कार्यालय सिराहाबाट एक हजार २८ रुपियाँ लिखन पारित भएको तथ्याङ्क छ । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । तीमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन दर्ता दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।