२०८३ साउन ९ शनिबार

माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

ई आर्थिक    मंगलबार, माघ २९ २०८१
5.6K
Shares
माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा  वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

ई-आर्थिक, काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न  गरेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप, आज मिति २०८१ माघ २३ गतेका दिन माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसंगको संयुक्त आयोजनामा मनोहरा, काठमाडौँ स्थित श्री सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरेको छ ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे  बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे  क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij