२०८३ असोज ४ आइतबार

७५३ स्थानीय तहमा वाणिज्य बैंक पुगे, साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा

ई आर्थिक    सोमबार, माघ २८ २०८१
2.7K
Shares
७५३ स्थानीय तहमा वाणिज्य बैंक पुगे, साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा

ई-आर्थिक, बझाङ । नेपालको ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ । आज बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा खोलेसंगै सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुच पुगेको हो । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारी उद्घाटन गरेका छन् ।

उनी हेलिकोप्टर चढेर शाखा कार्यालय उद्घाटन गर्न पुगेका थिए । उनीसंगै  एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि सहभागी छन्  ।

बैंकको शाखा खुलेसँगै अब स्थानीयले कारोबारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको गभर्नर अधिकारीले बताए । गभर्नर अधिकारीले  स्थानीयलाई बैंकिङ कारोबारका लागि गभर्नर अधिकारीले आग्रहसमेत गरेका छन् । ।

साइपालमा एभरेष्टको शाखा पुगेसँगै देशभरका ७५३ पालिकामै बैंकको पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij