ई–आर्थिक, काठमाडौं । ‘सिम्पल एफर्टेवल एण्ड डिपेन्डेवल’ भन्ने मूल नाराका साथ करिब २० महिना अगाडि स्थापना भएको क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्सले राम्रो व्यापार गरिरहेको छ । कम्पनीले गत वर्ष करिब १० करोड रुपैयाँ बरारबको व्यापार गरेको थियो । यो भनेको वर्षभरिको व्यापार भने होइन । कुनै पनि बीमा कम्पनीले आफ्नो नयाँ प्रोडक्टहरु ‘लञ्च’ गर्दा बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । त्यस्तै गत वर्ष क्रेष्ट माइक्रो लाइफको प्रोडक्टहरु बीमा प्राधिकरणबाट स्वीकृति आउँदा आर्थिक वर्ष सकिन पाँच छ माहिना मात्र बाँकी थियो । र, यो समयमा कम्पनीले १० करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले चालु आवमा ५० करोड जतिको व्यापार गर्ने लक्ष्य लिएको छ भने अहिलेसम्म कम्पनीले करिब २० करोड जतिको व्यापार गरिकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ बताउनुहुन्छ ।
अहिले ठूला कम्पनीहरु सहर केन्द्रित भएर व्यापार गरिरहेका छन् भने हुने खानेहरुकोमा मात्र पुगिरहेको अवस्था छ । र, उनीहरुको व्यापार गर्ने तरिका भनेको अभिकर्तामार्फत हो । तर इन्स्योरेन्सहरु जनता सामु फरक तरिकाले पुगिरहेका हुन्छन् । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्नुहुन्छ– क्रेष्ट माइक्रो इन्स्योरेन्सले जनतासामु पुग्नका लागि लघुवित्त, सहकारी, विभिन्न महिला समूह, विभिन्न एनजीओहरु जस्ता प्रत्यक्ष न्युन आय भएका जनतासँग सम्बन्धित संघ संस्थाहरुलाई समातेर अगाडि बढिरहेको छ । क्रेष्ट माइक्रो इन्स्योरेन्सले देशैभरी सेवा उपलब्ध गराइहरे तापनि कर्णाली प्रदेशमा आफ्नो व्यापारलाई केन्द्रित गरेर अगाडि बढिरहेको छ । सहरमा पनि त न्युन आएभएका जनताहरु छन् । उनीहरुलाई चाँही कसरी समेट्नुभएको छ भन्ने जिज्ञासामा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्नुहुन्छ- ‘विशेषगरेर नगरपालिका अथवा सहरी क्षेत्रमा हामीले त्यहाँका जनप्रतिनिधिहरु र विभिन्न महिला समूहहरुसँगको सहकार्यमा लघुबीमा कार्यक्रमहरु अगाडि बढाइरहेका छौं ।’
क्रेष्ट माइक्रो लाइफले २३ वटा शाखामार्फत सातै प्रदेशमा आफ्नो सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले अहिलेसम्म ६० हजार भन्दा बढी मासिनलाई बीमा गराइसकेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो । यसैक्रममा कम्पनीले यही माघ १५ गतेदेखि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेसिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्कासन गरेको छ । यो कम्पनीले निष्कासन अनुमति पाएको सेयरका १० प्रतिशत हुन आउँछ । यो सेयर भर्ने समय माघ २९ गतेसम्म रहेको छ । बढी भन्दा बढी व्यापार गरी नाफा वृद्धिगर्ने लक्ष्य लिएको कम्पनीले नयाँ-नयाँ लघुबीमा योजनाहरु लिएर अगाडि बढ्ने योजना बनाएको छ ।