२०८३ साउन १० आइतबार

धरानवासीको खानेपानीको समस्या समाधान गर्न हरसम्भव प्रयत्न गर्ने मन्त्री यादवको प्रतिबद्धता

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
6.8K
Shares
धरानवासीको खानेपानीको समस्या समाधान गर्न हरसम्भव प्रयत्न गर्ने मन्त्री यादवको प्रतिबद्धता

ई-आर्थिक, काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए।

मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप-महानगरपालिकाले गर्नुपर्छ। योजना छनौट भइसकेको छ। दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ।’

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij