ई-आर्थिक, काठमाडौं । कृषि विकास बैंकले ५८औँ वार्षिकोत्सव मनाएको छ । कृषि विकास बैंकमा नेपाल सरकारको लगानी रहेको छ ।
कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो ।
कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्न आग्र गरेका छन् ।
बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने अर्थमन्त्री पौडेलको धारणा राखेका हुन् । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने बताए । साथै, बैंकले नागरिकको विश्वास जित्ने जिकिर गरेका हुन् ।
बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनु सुझाव दिएका छन् । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ति उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ उनले जोड दिए ।
उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बिचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको उनको भनाइ छ ।
अर्थतन्त्रका सूचक समग्रमा राम्रो छ- अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् ।
उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठुलो असर परेपनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको जानकारी दिए । उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु बेल क्यापिटलाइज रहेको दाबी गरेका छन् । उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनुभयो । अराजकताका यस्ता विषयहरु सधैँ नरहने उनको भनाइ छ ।