२०८३ असोज ४ आइतबार

नेपाल एसबिआई बैंकद्धारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग

ई आर्थिक    सोमबार, माघ ७ २०८१
3.3K
Shares
नेपाल एसबिआई बैंकद्धारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रु ३ लाख आर्थिक सहयोग गरेको हो  ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, श्री मिन वहादुर गरुङले संघका अध्यक्ष,  गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, श्री प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij