२०८३ साउन ११ सोमबार

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

ई आर्थिक    आइतबार, माघ ६ २०८१
2.9K
Shares
इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

ई-आर्थिक, काठमाडौं । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले “जोखिमहरू नेभिगेट गर्दै, आत्मविश्वास सुनिश्चित गर्दै” भन्ने नाराका साथ दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ। कार्यक्रममा १४ निर्जीवन बीमा कम्पनीमध्ये १२ कम्पनीका साथै दुई पुनर्बीमा कम्पनी, इन्स्योरेन्स ब्रोकर कम्पनी र सर्भेयरका प्रतिनिधिहरू सहभागी थिए।

मरिन इन्स्योरेन्स सम्बन्धी यो पहिलो कार्यशाला भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कार्यकारी प्रमुख चंकी क्षेत्री र इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसका प्रबन्ध निर्देशक अन्जन ढकालले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरे। कार्यक्रममा विशेष अतिथिहरू प्रा.डा. फत्त बहादुर के.सी. र राजुरमण पौडेलको उपस्थिति थियो।

कार्यशालामा भारतका बीमा विशेषज्ञ समिरन लाहिरी प्रशिक्षकको रूपमा सहभागी भए। चार दशकको अनुभव भएका लाहिरी भारत र नेपालका बीमा क्षेत्रलाई परामर्शदाताका रूपमा सहयोग गर्दै आएका छन्।

कार्यक्रममा मरिन इन्स्योरेन्सका नीतिहरू, अभ्यास, अन्तर्राष्ट्रिय मापदण्ड, जोखिम व्यवस्थापन र यस क्षेत्रमा देखिएका चुनौती तथा अवसरहरूमाथि गहन छलफल भयो।

कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष कुमार बहादुर खत्रीले गरेका थिए। उनले मरिन इन्स्योरेन्सको महत्व र यसले नेपाली बीमा बजारमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारे। उनले सहभागीहरूलाई सिकेका ज्ञानलाई व्यावहारिक रूपमा लागू गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij