२०८३ साउन ९ शनिबार

‘आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गर्‍यो’

ई आर्थिक    शनिबार, पौस २७ २०८१
7.5K
Shares
‘आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गर्‍यो’

ई-आर्थिक, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गरेको बताएका छन्।

आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे।

‘सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ’, उनले भने।

मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए। ‘सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानून संशोधन गरिएको छ’, उनले भने।

उक्त अध्यादेशले आईटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij