२०८३ साउन ११ सोमबार

रेमिट्यान्सको बृद्धिदर घट्यो, पाँच महिनामा ६ खर्ब ४० अर्ब भित्रियो

ई आर्थिक    शुक्रबार, पौस २६ २०८१
4.8K
Shares
रेमिट्यान्सको बृद्धिदर घट्यो, पाँच महिनामा ६ खर्ब ४० अर्ब भित्रियो

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (मंसिर)सम्मको तथ्यांक अनुसार २०८१ असार मसान्तको तुलनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६ खर्व ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय रु.६ खर्व ६९ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको १ लाख ९० हजार ३ सय ८४ र   पुनः श्रम स्वीकृति लिनेको संख्या १लाख ३५हजार ४ सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो  संख्या क्रमशः १,७१,९७५ र १,०२,५४२ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij