ई-आर्थिक, काठमाडौं । यूएईको फ्लाई दुबईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ ।
विमानस्थल क्यानका अनुसार अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।
एक महिनाका लागि स्थगित उडान १५ जनवरी (२९ पुस) देखि पुनः थाल्ने क्यानले बताएको छ । गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका थिए ।