ई-आर्थिक, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज वरिपरी खुम्बु क्षेत्रका लागि हेलिकोप्टर उडान रोक्ने विषय पेचिलो बन्दै गएको छ । केही दिन अघि सगरमाथा राष्ट्रिय निकुञ्ज लगायत खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिकरुपमा उडान बन्द गराएका थिए ।
हेलिकोप्टर उडान निषेध गरेसंगै करोडौ लगानी डुब्ने अवस्था आएको हवाई व्यवसायीहरुले गुनासो गरेका छन् । सरोकारबालाहरुले हेलिप्याड क्षेत्रमा स्थानीय निकाय तथा स्थानीय युवाहरुले गरेको अवरोधलाई सिण्डिकेट र दादागिरी शैलीमा दु:ख दिएको बताएका छन् । यसबाट हेलिकोप्टर व्यवसायीहरु पीडित भएको ई- आर्थिकलाई बताउछन् ।
पर्यटकहरु सगरमाथा हेर्ने आउने हुन यस क्षेत्रमा पर्यटक गतिविधी बढाउन हेलिकोप्टरहरुको भूमिका रहने हुदा उक्त क्षेत्रको कृयाकलापले हाम्रो व्यवसायमा थप मार परेको स्रोत बताउछन् ।
यस विषयमा सरकार तथा स्थानीय निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा यी निकायहरु भौन रहेका छन् भने विषेश रुपमा खुम्बु पासाङ गाँउपालिकाले थप उडानमा निषेध कायम राख्दा हेलिकोप्टर व्यवसाय विस्थापित हुने हेलिव्यवसायीहरु बताउछन् । उक्त विवादस्पद विषय तत्काल समाधान गर्न सरोकारबालाहरुले माग गरेका छन् ।
पुस २१ गते सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेका थिए ।
यसै सम्बन्धमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रका लागि हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लिएको छ। कार्यालयले सबै हेलिकोप्टर कम्पनीहरूलाई एक पत्र लेखेर सगरमाथा क्षेत्रमा हेलिकोप्टर सेवा सञ्चालन गर्नको लागि नियमानुसार अनुमति लिन र तोकिएको राजस्व बुझाउन आग्रह गरेको छ। यस पत्रको प्रतिलिपि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि पठाइएको जनाएको छ ।
सोमबार पठाइएको पत्रमा सगरमाथा क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्ने पर्यटकहरू, आकस्मिक उद्धार कार्यहरू, र आवश्यक सामग्री ढुवानीका लागि हेलिकोप्टर सेवा पुनः सुरु गर्न अनुरोध गरिएको छ। पत्रमा हेलिकोप्टर उडान, अवतरण, र ओभरिङ गर्दा सबै सुरक्षा मापदण्ड पालना गर्ने कुरा स्पष्ट गरिएको छ।
यसअघि पुस १७ गते सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय गरिएको थियो। यो निर्णय सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र अन्य स्थानीय संघसंस्थाहरूको सहमतिमा गरिएको थियो
सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै आजदेखि सगरमाथा क्षेत्रमा हवाई उडान स्थगित गरेको जनाएका थिए ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।
हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटकपटक वार्ता गर्दा पनि कुनै निष्कर्ष आएको थिएन् । हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सृजना गरिएको र कथमकदाचित आपतकालीन अवतरण गर्नुपर्ने अवस्था सृजना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको संघले जनाएको छ।
उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीहरुले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडानहरु स्थगन गर्ने बताइएका थिए ।
हवाई उडान सम्बन्धमा स्थानीय निकाय तथा स्थानीहरुको कुनै जवाफ तथा प्रतिकृया आएको छैन् । त्यस क्षेत्रमा गरेको कृयाकलापलाई लिएर जिल्ला प्रशासन कार्यालयले ध्यानकर्षण गराएको थियो । उक्त विषयमा थप जानकारी लिन खुम्बु पासाङ गाँउपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा तथा उपाध्यक्ष टासी ल्हमु शेर्पाको फोन सम्पर्क गर्दा फोनमा उठेन ।