२०८३ साउन १२ मंगलबार

नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

ई आर्थिक    मंगलबार, पौस ९ २०८१
4K
Shares
नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ९नियुक्त०, श्री राम कुमार तिवारीे, प्रमूख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए ।

हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेनसन  काउन्टर , १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij