२०८३ साउन ११ सोमबार

भैरहवाबाट पुनः उडान सुचारु गर्दै फ्लाई दुबई

ई आर्थिक    सोमबार, पौस ८ २०८१
7.3K
Shares
भैरहवाबाट पुनः उडान सुचारु गर्दै फ्लाई दुबई

ई-आर्थिक, भैरहवा ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै आएको एयरलाइन्सले  दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुरु गर्ने तयारी गरेको हो ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको थियो तर खराब मौसमका कारण देखाएर मङ्सिर ३० बाट उडान रोकेको थियो ।

मौसममा खराबी हुँदा यहाँको विमानस्थल खुलेपछि मात्र दुबईबाट जहाज उड्ने गर्दा अन्य नियमित उडानसमेत प्रभावित भएकाले पनि अहिले मौसमकै कारण केही समय उडान रोकिएको थियो ।

आगामी माघको १० गतेपछि भू–उपग्रहमा आधारित आरएनपी एआर प्रविधिमार्फत उडान अवतरण हुने जानकारीमा आएको र यो प्रविधि सुरु भएपछि उडान र अवतरणमा सहज हुने शाहीले विश्वास व्यक्त गरे । पछिल्लो समय हिउँदमा प्रतिकूल मौसमका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij