ई-आर्थिक, काठमाडौं । बीमा प्राधिकरणको जिम्मेवारी पाएका अर्थमन्त्रालयका सह सचिव मदन दाहालले अध्यक्षको कार्यभार सम्हालेका छन् । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि दाहाले बीमा प्राधिकरणको कार्यकारी भूमिका निर्भाह गर्ने छन् । उनलाई आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिए ।
उनले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै आफूले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरे ।
अध्यक्ष दाहालले भने, ‘बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकहितको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।’
अध्यक्ष दाहालले भने, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्ने बताए ।
उनले बीमा कम्पनीको काम प्रति असन्तुष्टि व्यक्त गर्दै बीमा प्राधिकरणलाई बीमाको नियामकजस्तो बनाउन निर्देशन दिए ।