ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/२०८२को चार महिनामा विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा रु.२२ खर्व ५५ अर्ब ३५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तोसञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतलेवृद्धि भई १६ अर्ब ७० करोड पुगेकोछ ।
यो चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।
कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन् ।