२०८३ साउन १२ मंगलबार

हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ सुरु, आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सकिने

ई आर्थिक    सोमबार, मंसिर २४ २०८१
6.4K
Shares
हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ सुरु, आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सकिने

ई–आर्थिक, काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले डिसेम्बर ९ देखि “डिसेम्बर डिलाइट” अभियान सुरु गर्ने भएको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

“डिसेम्बर डिलाइट” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ। जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।

साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैं विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो। देशभरका सो-रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ। यही शनिबार योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथली सो-रुमहरुमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij