२०८३ साउन १२ मंगलबार

पोखराको सुन्दरतासँग प्रेमको कथा: ‘जाऊ हिँड पोखरा’ सार्वजनिक ( भिडियो )

ई आर्थिक    शुक्रबार, मंसिर २१ २०८१
2.5K
Shares
पोखराको सुन्दरतासँग प्रेमको कथा: ‘जाऊ हिँड पोखरा’ सार्वजनिक ( भिडियो )

ई–आर्थिक, काठमाडौं । नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित  गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन्  भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन् । सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।

दुर्गा न्यौपाने त्रिपाठी  निर्मात्री रहेको यस गीतको भिडियोलाई  मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन् । मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो लिंक

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij