ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंङ्किङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न उक्त रकम खिच्न लागेको हो ।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ।
अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ।
बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि तल झरेको राष्ट्र बैंकले बतायो । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।
राष्ट्र बैंकले निक्षेप राख्न चाहने बैंकहरुले मंसिर १९ गते मध्यान्ह २ बजेसम्ममा आवेदन गर्न सक्ने जनाएको छ । बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्ने छन्।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ। अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ।
गत आइतबार राष्ट्र बैंकले ५० अब बजारबाट तानेको थियो । जसको लागि राष्ट्र बैंकले निक्षेप राख्न चाहने बैंकहरुले मंसिर १६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्ने जनाएको थियो । बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्ने जनाएको थियो ।