ई-आर्थिक, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई इन्धनमा मूल्य बढेसंगै हवाई भाडामा बृद्धि गरेका छन् । शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो ।
हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् ।
बृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरलाइन्सलाई मंगलबार पत्राचार गरिसकिएको छ ।