२०८३ साउन १२ मंगलबार

नेपाल विद्युत प्राधिकरणले भोलिबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै

ई आर्थिक    बिहिबार, कार्तिक २९ २०८१
5K
Shares
नेपाल विद्युत प्राधिकरणले भोलिबाट  ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४० मेगावट विद्युत बंलादेश निर्यात गर्ने भएको छ ।  नेपालको लागि बंगलादेशमा बिद्युत निर्यातको बाटो खुलेको हो । भारतले  बिद्युत स्रोत परियोजनालाई स्वीकृत गरेसँगै नेपालबाट पहिलो पटक बिद्युत निर्यातको बाटो खुलेको प्राधिकरणले जनाएको छ ।  नेपालले प्रस्ताव गरेको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनामा भारतले आज बिहिबार स्वीकृत पत्र पठाएसंगै बंगालदेशमा बिद्युत निर्यातको बाटो खुलेको हो।

नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार नेपालले भोलिबाट कात्तिक ३० गते ४० मेगावाट बिद्युत भारतको बाटो हुँदै बंगलादेश निर्यात गर्ने बताए ।

शुक्रबार दिउँसो १२ बजेर ४५ मिनेट  दुवै देशका मन्त्रीले संयुक्त उद्घाटन गरेसंगै भारतको बाटो हुँदै नेपालबाट पहिलो पटक बंगलादेशमा औपचारिक रुपमा बिद्युत निर्यात हुनेछ।

नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न भारतबाट अन्तिम स्वीकृति पाएको छ । यससँगै भोलिदेखि नै ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत  असोज १७ गते काठमाडौँमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्ने त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताअनुसार भारतले अन्तिम स्वीकृति दिएसँगै भोलिदेखि बिजुली निर्यात गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । सम्झौताअनुसार तत्काल बंगलादेशमा प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा बिजुली बिक्री गर्नेछ।

प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ । प्राधिकरणले गरेको  समझदारीअनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij