२०८३ साउन ९ शनिबार

रवि लामिछानेको म्याद थपपछि पोखरा तनाबग्रस्त, आक्रोशित भीड तितरबितर पार्न अश्रुग्याँस प्रहार

ई आर्थिक    बिहिबार, कार्तिक ८ २०८१
11.3K
Shares
रवि लामिछानेको म्याद थपपछि पोखरा तनाबग्रस्त, आक्रोशित भीड तितरबितर पार्न अश्रुग्याँस प्रहार

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई थप सात दिन म्याद थपेपछी कार्यकर्ताहरु आक्रोशित भएका छन् । नेता कार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिए पछी भिडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोराका साथै अश्रुग्याँस समेत प्रहार गरेको छ ।

लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका समर्थकहरू लामो समयदेखि आक्रोशित थिए । अदालतको पछिल्लो निर्णयले थप तनावको स्थिति सिर्जना गर्‍यो ।

प्रारम्भमा वाई चोकमा भेला भएर नाराबाजी गरिरहेका प्रदर्शनकारीहरूले अदालतको निर्णयलाई अस्वीकार गर्दै निषेधित क्षेत्र तोड्ने निर्णय गरे ।

उनीहरू वाई चोकबाट अगाडि बढ्दै राष्ट्र बैंक चोकमा पुगेर सरकार र न्यायपालिकाविरुद्ध नाराबाजी गरे । स्थिति झन् उग्र हुँदै गएपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भयो । प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

कास्की जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको थियो ।

रास्वपाका नेताहरूले अदालतको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै, लामिछानेविरुद्ध गरिएको अनुसन्धानलाई ‘राजनीतिक षड्यन्त्र’ को रूपमा व्याख्या गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले सरकारको कदमको आलोचना गर्दै लोकतान्त्रिक अधिकारको हनन भइरहेको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij