फलोअप
ई-आर्थिक, काठमाडौं । काठमाडौं सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टहरु विगत ७ दिनदेखि आन्दोलनरत छन् । काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । विगत ७ दिन देखि उनीहरु कलेज प्रशासन विरुद्द आन्दोलन रहेका छन् । काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न आन्दोलन गरेका हुन् । केएमसी कलेज प्रशासनले उक्त विषयमा कुनै छलफल तथा निर्णय गरेको छैन् ।
आज हाम्रो आन्दोलनको सातौं दिन हो । अव हामीले पूर्ण रूपमा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छौं। कलेज प्रशासनबाट गार्डको कपडामा गुण्डा खटाई बाटो छेक्ने कुरा आन्तरिक स्रोतबाट प्राप्त भएको छ। आन्दोलनरत इन्टर्न डाक्टर हृदय संग्रौलाले ई- आर्थिकलाई जानकारी दिए । हिजो हाम्रो आन्दोलनको छैठौं दिनमा एक जना डाक्टरमाथि हातपात प्रशासनले गरेको थियो । प्रशासनले हातपातको गरेको विद्यार्थीहरुले आरोप लगाए । हाम्रो कुरा अझै मिलेको छैन् । कलेज प्रशासनबाट तीनको समय माग गर्नुभएको छ । हामीले तिन दिनको समय दिएका छौ । ३ दिनको लागि हामीले आन्दोलन स्थगित गरेका छौ ।
कलेज प्रशासनले विद्यार्थीबाट प्रति विद्यार्थी ४ लाख ९० हजार शुल्क लिएको थियो । मेडिकल कलेजले २०७५ र २०७६ का व्याजबाट नेपाली विद्यार्थीहरुको ४० जनाको ४ लाख ९० हजारका दरले २ करोड ४५ लाख र ५० विदेशी विद्यार्थीबाट प्रति विद्यार्थी ३ लाख १६ हजार ९६० का दरले १ करोड २६ लाख ८७ हजार ४०० रुपैयाँ शुल्क लिएको थियो । कुल ९० जना विद्यार्थीहरुबाट जम्मा ३ करोड ७१लाख ७८ हजार ४ सय रुपैयाँ फिर्ता गर्न डाक्टरहरु आन्दोलनरत छन् ।
आन्दोलनरत विद्यार्थिहरुका अनुसार ‘ यी सबै शुल्कहरुलाई राष्ट्रिय चिकित्सा आयोगबाट २०७५ को चिकित्सा शिक्षा ऐनको कानुनहरुका दफा बमोजिम दफा २ ख अनुसार माथिका अतिरिक्त सबै शुल्कहरु ट्युसन फिमा लगाएको छ । हामीले डाक्टर पढ्दा ३८ लाख ५० हजार बुझाएका छौ । पुन: माथिका शिर्षकमा लिन नमिल्ने चिकित्सा आयोगले तोकेको छ । यसलाई अतिरिक्त शुल्क भनेर व्याख्या गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले अतिरिक्त शुल्कहरुलाई २०७६ मंसिर पछिका अतिरिक्त शुल्कहरुलाई क्रमश: गर्दै जाने निर्णय दिइएको छ । उक्त बैठकमा प्राइभेट मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालयको मन्त्रीहरुबाट बैठक पारित गरिएको निर्णय हो । हामीले बैठक र कानुनको व्याख्या अनुसार माग राखेको हौ ।
‘कलेजलाई यो निर्णय देखाउदा कलेज प्रशासनले हामीलाई यो निर्णय मान्य नभएको बताउदै आएको छ । अतिरिक्त शुल्क पुरानो व्यवस्थापनले लिइएको हुदाँ । हामी नयाँ व्यवस्थापनले यो दिन अतिरिक्त शुल्क फिर्ता दिन नसक्ने कुरा जिकिर गरेको आन्दोलनरत विद्यार्थी संग्रौलाले बताए । हामी २०७५ र २०७६ को व्याज सबै पिडित भएका छौ । यो माग ९० जना विद्यार्थीहरु माग हो । प्रशासनले हाम्रो माग विगठन गर्नका लागि अनेक क्रियाकलाप विभिन्न षडयन्त्रहरु रचिएको विद्यार्थीहरुको आरोप छ । कलेज प्रशासनले वा वाहिरबाट अन्य व्यक्ति ल्याएर हुलदंगा गर्ने १६ जना मान्छे आएर हामीसंग झगडा गर्न खोज्दै हुनुहुन्थ्यो । प्रशासनले ढलको पानी खोल्दिने लगायत अनेक दु:खहरु प्रशासनले गरेको विद्यार्थीहरुको आरोप छ ।
तीन दिनलाई आन्दोलन स्थगन
काठमाडौं सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टहरु आजबाट तीन दिनको लागि आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । आज हामीलाई जिल्ला प्रशासनबाट आएको प्रत्यक्ष अनुरोधलाई मध्यनजर गर्दै आदेशको पालना अनुसार आइतबार सम्म कुर्ने त्यहि अनुरुपमा वार्ता नभएमा आन्दोलनका कार्यक्रम निरन्तर हुने डाक्टर संग्रौला बताउछन् ।

आन्दोलनरत इन्टर्न डाक्टरहरुलाई प्रवेशगर्न नदिन केएमसीकलेज प्रशासनले गेट बन्दगरेको अवस्था
डाक्टर मनिषा खातुनले भनिन् ” केएमसी कलेज प्रशासनले हामीलाई आज मेन गेटबाट छिर्न दिएको छैन् । केयुबाट कलेज प्रशासनलाई चिठ्ठी आइसकेको छ । तर कलेज प्रशासनले यसलाई वेवास्था गरेर बसेको छ ” । प्रशासनले हाम्रो माग विगठन गर्नका लागि अनेक क्रियाकलाप विभिन्न षडयन्त्रहरु रचिएको विद्यार्थीहरुको आरोप छ ।