ई-आर्थिक, काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।
गत शुक्रबार सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको हो ।
आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य यो हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।