२०८३ असोज ८ बिहिबार

प्रभु बैंकले दियो बाढीपीडितका लागि एक करोड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

ई आर्थिक    सोमबार, असोज २१ २०८१
7.1K
Shares
प्रभु बैंकले दियो  बाढीपीडितका लागि एक करोड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख  सहयोग

ई- आर्थिक, काठमाडौं ।  प्रभु बैंकले बाढीपीडितका लागि  एक करोड करोड दिएको  छ ।  प्रभु समूहको  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको  सरकारलाई  २५ लाख सहयोग दिएको हो ।

प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई १ करोड ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।  जसमा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखसहित १ करोड ७५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट सहयोग गरेको भट्टचनले बताए ।

असोज दोस्रो साता देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याए पछि उक्त सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij