२०८३ साउन ९ शनिबार

विद्युत व्यापारका लागि बंगलादेशसँगको सम्झौता पछि चीनसँग कुरा गर्दै उर्जा मन्त्रालय

ई आर्थिक    आइतबार, असोज २० २०८१
4.5K
Shares
विद्युत व्यापारका लागि बंगलादेशसँगको सम्झौता पछि चीनसँग कुरा गर्दै उर्जा मन्त्रालय

ई–आर्थिक, काठमाडौं । बंगलादेशसँग विद्युत व्यापार संझौता पछि विद्युत व्यापारका लागि चीनसँग कुरा गर्न थालेका छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका हुन् ।

मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको बताए । उनले चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको पनि जानकारी दिए ।

उनले अन्य छिमेकी राष्ट्रले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गरेको बताए ।

चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउँदै उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्ः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नुनहुने बताए ।

जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने उनको भनाई छ । पैसा नहुनेले पनि जलविद्युतमा लगानी गर्नसक्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij