२०८३ साउन १२ मंगलबार

साउनमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब

ई आर्थिक    बिहिबार, असोज १० २०८१
4.2K
Shares
साउनमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैकंले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार  नेपालमा साउनमा   १ खर्ब ३७ अर्ब रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैकंको अनुसार नेपालमा विदेशी  विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब रकम पुगेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा झन्डै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो  । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

गत वर्ष साउनमा रेमिट्यान्स अघिल्लो वर्षको साउनमा भन्दा २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स रकम १ अर्ब २ करोड पुगेको छ । यो अघिल्लो वर्ष ८७ करोड ९८ लाख रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

विदेशी विनिमय २.५ प्रतिशतले वृद्धि भई

नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी विनिमय २.५ प्रतिसतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१ असार मसान्तमा रु.२० खर्व ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा रु.२० खर्व ९२ अर्ब २२ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij