२०८३ भाद्र ३० मंगलबार

राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी सीमा तोक्यो, सेयर बजारमा कस्तो असर पर्ला ?

ई आर्थिक    शनिबार, असोज ५ २०८१
10K
Shares
राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी सीमा तोक्यो, सेयर बजारमा कस्तो असर पर्ला ?

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जा सम्बन्धि सीमा तोकेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नेलाई लक्षित गरी राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धि सीमा तोकेको हो ।

पछिल्लो समय सेयर बजारमा लगानी गर्नेहरू बढिरहँदा सेयर कर्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । सेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताबाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपियाँ (कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट कुल) कायम रहेको छ ।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका लागि सुरक्षणबापत सेयर राखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोका लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने राष्ट्र बैङ्कको सर्कुलरमा उल्लेख छ ।
राष्ट्र बैंकको सेयर धितो कर्जा सम्बन्धि सीमाले सेयर बजारमा के कस्तो असर पर्ला त्यो भने हेर्न बाँकी छ । तर, यस क्षेत्रका जानकारहरुले भने यसले नकारात्मक असर पार्ने अनुमान गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij