२०८३ असोज ७ बुधबार

कुमारी बैंक र काठमाडाैं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

ई आर्थिक    बिहिबार, भाद्र २० २०८१
8.2K
Shares
कुमारी बैंक र काठमाडाैं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडाैं स्थित काठमाडाैं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाडाैं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंककाे देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij