२०८३ साउन ९ शनिबार

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन, प्रमुखसहित कीर्तिपुरमा चार जना जनप्रतिनिधि रिक्त

ई आर्थिक    शुक्रबार, साउन ११ २०८१
5.1K
Shares
कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन, प्रमुखसहित कीर्तिपुरमा चार जना जनप्रतिनिधि रिक्त

ई–आर्थिक, काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गएराती विहीवार निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको उहाँका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको हो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

यसैबीच प्रमुखको निधनसँगै कीर्तिपुर नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भइसकेको छ । यीसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij