२०८३ भाद्र ३० मंगलबार

एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुग्यो

ई आर्थिक    सोमबार, जेष्ठ २८ २०८१
9.7K
Shares
एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुग्यो

ई–आर्थिक, काठमाडौं । मुलुकमा आर्थिक मन्दि चलिरहेपनि पछिल्लो समय नेपालमा सुविधा सम्पन्न होटल खोल्नेको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा होटलमा लगानीकर्ताको आकर्षण बढिरहेको पाइन्छ ।

पर्यटन विभागका अनुसार नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ । यस वर्ष दई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेको विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता कालीबहादुर भुजेलले भन्नुभयो, “विभागमा यस वर्ष दुई वटा हेरिटेज बुटिक होटेल र तीन वटा होटेल पाँचतारे होटेलमा नवीकरणमा परेका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।”

यस वर्ष ८८ करोड रुपियाँ लगानी रहेको वर्णवास म्युजियम, काठमाडौँ र १० करोड रुपियाँ लगानी रहेको स्ववेयर होटेल ललितपुर हेरिटेज बुटिक होटेलमा दर्ता भएको उहाँले बताउनुभयो ।

त्यस्तै तीन अर्ब रुपियाँको लागतमा भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेसनल, ५४ करोड ८९ लाख रुपियाँको लागतको होटेल ल्हासा इन्टरनेसनल ९दुसित प्रिन्सेस० काठमाडौँ र एक अर्ब २५ करोड रुपियाँ लागतमा सञ्चालनमा आएको धूमवाराहीस्थित अकामा होटेल पाँचतारे वर्गीकरणमा परेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै चेन होटेल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटेल फरेस्टाइन, बुढानीलकण्ठ हेरिटेजलगायतका होटेल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

विभागले सार्वजनिक गरेको होटेलको वर्गीकरण अनुसार एक अर्ब ५० करोड रुपियाँको लागतमा झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटेल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटेलको स्तरमा सूचीकृत रहेको छ ।

झापाको बिर्तामोडमा सञ्चालित होटेल दी किङ्सवरी र काठमाडौँको ताहाचलमा खुलेको सिटी होटेल लिमिटेड ९हायात प्लेस० पाँचतारे स्तरको वर्गीकरणमा रहेका छन् । पाँचतारे अन्य होटेलमा तारागाउँ रिजेन्सी ९हायात रिजेन्सी, सोल्टी होटेल, होटेल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको ९होटेल अलफ्ट० छन् ।

होटेल डेल अन्नपूर्ण, दी मल्ल होटेल, साङ्ग्रिला होटेल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटेल सेन्ट्रल प्लाजा, होटेल दी किङ्सवरी र इच्छा होटेल पाँचतारे वर्गीकरणमा रहेका छन् ।

त्यस्तै चालु आर्थिक वर्षमा चार वटा चारतारे स्तरका होटेल थपिँदै ३६ वटा र एउटा तीनतारे होटेल थपिँदै ३७ वटा पुगेको प्रवक्ता भुजेलले बताउनुभयो ।

यस वर्ष २५ करोड रुपियाँ लगानीको लुम्बिनी ग्रिन रिसोर्ट कपिलवस्तु, ६५ करोड लगानीको होटेल आइकावा चितवन, ६० करोड लगानीको होटेल ल्हो मुस्ताङ काठमाडौँ र एक करोड रुपियाँ लगानीको सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत थप भएको उहाँले जानकारी दिनुभयो । तीनतारे होटेलमा २५ करोडको लागतमा सञ्चालनमा आएको चितवन मिडटाउन होटेल थप भएको हो ।

विभागका अनुसार देशभरका हेरिटेज बुटिक होटेलमा ५८१ कोठा र ८९८ शय्या रहेका छन् भने पाँचतारे डिलक्स होटेलमा १०१ कोठा र १८५ शय्या रहेका छन् ।

त्यस्तै पाँचतारे होटेलमा तीन हजार ७७ कोठा र चार हजार ६३२ शय्या, चारतारे होटेलमा दुई हजार ६८५ कोठा र तीन हजार ९७९ शय्या तथा तीनतारे होटेलमा दुई हजार २२१ कोठा र तीन हजार ७३१ शय्या रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij