२०८३ साउन ११ सोमबार

प्राइम कमर्सियल बैंकको गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा एक्सटेन्सन काउण्टर

ई आर्थिक    आइतबार, जेष्ठ २७ २०८१
2.9K
Shares
प्राइम कमर्सियल बैंकको गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा एक्सटेन्सन काउण्टर

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरेका हुन् ।

यसैगरि, बैंकले २०८१ साल जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा एक्सटेन्सन काउन्टरको समुदघाटन गरेका छन् ।

सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij