२०८३ असोज ७ बुधबार

कुमारी बैंक र युएसएइड ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता

ई आर्थिक    शनिबार, जेष्ठ २६ २०८१
4.3K
Shares
कुमारी बैंक र युएसएइड ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग-व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएइडसँग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत युएसएइड ट्रेड एण्ड कम्पिटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रममार्फत १०,००० नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्ने छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij