२०८३ असोज ८ बिहिबार

हार्नेस जिपलाइन, गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

ई आर्थिक    बुधबार, जेष्ठ २३ २०८१
3.8K
Shares
हार्नेस जिपलाइन, गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

ई–आर्थिक, कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रालि, लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रालि र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रालिका तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रालि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

हार्नेस जिपलाइन प्रालिका साहसीक ग्राहकहरुलाई गेट वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने रिसोर्टले जनाएको छ । गेट वे हिमालय रिसोर्ट पछिल्लो एक दशकदेखी संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित छ भने प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij