२०८३ साउन १० आइतबार

भुक्तानी सेवा प्रदायक संस्था पे वेल र सजिलो पे राष्ट्र बैंकको अनुसन्धानमा, दुबै कम्पनीको बैंक खाता रोक्का

ई आर्थिक    मंगलबार, जेष्ठ २२ २०८१
4.1K
Shares
भुक्तानी सेवा प्रदायक संस्था पे वेल र सजिलो पे राष्ट्र बैंकको अनुसन्धानमा, दुबै कम्पनीको बैंक खाता रोक्का

ई–आर्थिक, काठमाडौं । दुई वटा भुक्तानी सेवा प्रदायक संस्था नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । नियामक निकाय राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरी अनुसन्धान कारवाही अगाडी बढाएको हो ।

‘पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैंकद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij