२०८३ असोज ८ बिहिबार

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट सम्बन्धमा हिमाल हस्पिटलसँग संझौता

ई आर्थिक    सोमबार, जेष्ठ २१ २०८१
5.9K
Shares
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट सम्बन्धमा हिमाल हस्पिटलसँग संझौता

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटल(ज्ज्)का मूख्य प्रशासन अधिकृत राजेन्द्र के.सी. को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटल(ज्ज्) मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०∞ तथा शल्यक्रिया शुल्कमा १०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो ।

जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij