२०८३ साउन १२ मंगलबार

एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर कपिलवस्तुमा, ३ महिनासम्म ग्राहकलाई बम्पर अफर

ई आर्थिक    बिहिबार, बैशाख २० २०८१
2K
Shares
एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर कपिलवस्तुमा, ३ महिनासम्म ग्राहकलाई बम्पर अफर

ई–आर्थिक, काठमाडौंं । एभरेष्ट बैंक लिमिटेडले चौथो एक्स्टेन्सन काउन्टर कपिलवस्तुमा उद्घाटन गरेको छ । बैंकले बैशाख १८ गते मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने बताए ।

उनले बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि विभिन्न अफरहरु पाउने बैंकले जनाएको छ । ग्राहकहरुले साधारण बचत खाता (न्युनतम मौज्दात) १ सय रुपैयाँ, चल्ती खाता (न्युनतम मौज्दात) २ हजार ५ सय रुपैयाँ, तलबी बचत खातामा शुन्य मौज्दात रहने बैंकले जानकारी दिएको छ । साथै, ३ महिनाको लागि नारी बचत खाता १ हजार २ सय ५० रुपैयाँ र डेबिट कार्ड, एसएमएस एलेर्ट सेवा, मोबाईब बैंकिङ्ग सेवामा पहिलो पटक निःशुल्क हुने बैंकले जनाएको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका छन् । उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij