२०८३ असोज ८ बिहिबार

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

ई आर्थिक    सोमबार, बैशाख १० २०८१
6.1K
Shares
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका-२ का लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई खातावाला परिवारको तर्फबाट सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो ।

नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij