२०८३ साउन १० आइतबार

सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

ई आर्थिक    मंगलबार, बैशाख ४ २०८१
3.1K
Shares
सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

ई–आर्थिक, काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुटरक्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढिमा रु १७० क्यासब्याक दिइने छ ।

यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ(कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij