२०८३ साउन ९ शनिबार

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

ई आर्थिक    मंगलबार, बैशाख ४ २०८१
4.3K
Shares
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच छुट सम्झौता भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल (स्काइवाक) का कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले कमलादीस्थित वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा आगामी दुई वर्षसम्म कायम रहने बैंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

बैंकले यस किसिमका छुट तथा सुविधाहरू देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरूलगायत अन्य व्यापारिक इकाइहरूमा समेत ​उपलब्ध गराउँदै आएको छ ।​

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij