२०८३ साउन १२ मंगलबार

सिटिजन्स बैंकद्वारा १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ई आर्थिक    सोमबार, चैत्र १९ २०८०
2.4K
Shares
सिटिजन्स बैंकद्वारा १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गण्डकी प्रदेशको बेनी नगरपालिका–६, अर्थुङेमा स्थानीय बेनी सञ्जिवनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, बराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिब तीनजना भन्दा बढी व्यक्तिले सेवा प्राप्त गरेका छन् । बैंकको वार्षिकोत्सव आउँदो वैशाख ७ गते मनाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij