२०८३ असोज ८ बिहिबार

कुमारी बैंकको २३औं साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समितिमा को– को आए ?

ई आर्थिक    सोमबार, माघ २९ २०८०
3.4K
Shares
कुमारी बैंकको २३औं साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समितिमा को– को आए ?

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक बर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भयो ।

साधारण सभामा भएको संचालक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका, सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij