२०८३ साउन १५ शुक्रबार

धरहराको भूमिगत पार्किङ सञ्चालनमा, पार्किङ शुल्क नलाग्ने

ई आर्थिक    सोमबार, असोज २२ २०८०
8.5K
Shares
धरहराको भूमिगत पार्किङ सञ्चालनमा, पार्किङ शुल्क नलाग्ने

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।

डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।

‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुलेको छ । बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने ।

पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij