२०८३ साउन २२ शुक्रबार

नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

ई आर्थिक    शुक्रबार, भाद्र २२ २०८०
4.9K
Shares
नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

ई–आर्थिक, काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।

निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij