२०८३ साउन २२ शुक्रबार

उद्योग बाणिज्य महासंघ कोशी प्रदेशमा पर्यटन तथा हवाई समिति विस्तार, समितिको सभापतिमा भविषकुमार श्रेष्ठ

ई आर्थिक    शुक्रबार, भाद्र २२ २०८०
4.8K
Shares
उद्योग बाणिज्य महासंघ कोशी प्रदेशमा पर्यटन तथा हवाई समिति विस्तार, समितिको सभापतिमा भविषकुमार श्रेष्ठ

ई–आर्थिक, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविषकुमार श्रेष्ठको सभापतित्वमा पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघमा एक कार्यक्रम आयोजना गरी उक्त समिति विस्तार गरिएको हो । कार्यक्रममा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कोशी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा नाटा कोशीका अध्यक्ष पुण्य भट्टराई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा नाटा कोशीका पूर्व अध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव बासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रा.लि.का सञ्चालक खेमराज बन र होटल फुलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ रहेका छन् ।

यसैगरी आमन्त्रित सदस्यहरुमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सैफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, ते¥थुमकी होटल सञ्चालक श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल, होटल संघ नेपाल उदयपुरका पदमलाल लम्साल रहेका छन् ।
यस्तै उक्त समितिको सल्लाहकारहरुमा होटल संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष शुशिला सापकोटा रहेकी छन् ।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij